आज :

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकेको छ ।

विहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष मतदाता छन् । निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जनाएको छ । तीमध्ये प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभार छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ छ । निर्वाचनमा जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ ।

कोशीमा मतदाता ३६७ र मतभार १०१३५, मधेशमा ३७४, १०७४४, वाग्मतीमा ३४७, १०३३३, गण्डकीमा २३०, ६४१०, लुम्बिनीमा ३०५, ८७५३, कर्णालीमा १९६, ५०८४, सुदूरपश्चिममा २२८ मतदाता र मतभार ६१०० छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal