Skip
आज :

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् ।

युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए ।

“हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो । विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ । पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको विषयमा मैले आग्रह गरेको छु, हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको छ । त्यसकारण हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको छु” प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले सम्मेलनमा असंलग्न आन्दोलनमार्फत् आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी संमृद्धि हासिल गर्न प्रयास गर्नुपर्नेमा जोड दिएको बताएका छन् ।

प्रधानमन्त्रीले भने, “करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरु बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो । यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ ।”

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै आएको जानकारी गराएको बताए ।

“मैले सम्बोधनका क्रममा असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्तको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारेँ,प्रधानमन्त्रीले भने ।

त्यस्तै, कोभिड महामारी पश्चात् विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको भन्दै हाल बढिरहेको भू–राजनीतिक ध्रुबीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा समेत ध्यानाकर्षण गराएको उनले बताए ।

प्रधानमन्त्रीले युगाण्डामा रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत भएको बताएका छन् । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री प्रचण्ड विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal