आज :

पाकिस्तान र इरानलाई संयमता अपनाउन चीनको आग्रह

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तान र इरानबीचको द्वन्द्व जारी रहँदा चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । चीनले उनीहरूलाई तनाव बढाउने कार्यहरू रोक्न पनि भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलन गरी दुवै देशले संयुक्त राष्ट्रसङ्घको सिद्धान्तको पालना गर्नुपर्ने बेइजिङको विश्वास रहेको बताए । ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको इमानदारीपूर्वक सम्मान गर्नुपर्छ । इरान र पाकिस्तान छिमेकी र इस्लामिक राष्ट्र हुन् । त्यसैले दुवैले संयम अपनाउनुपर्छ । हामी दुवै देशलाई तनाव बढाउने कार्यहरू नगर्न आग्रह गर्दछौं ।’

मंलबार इरानले पाकिस्तानको सीमामा प्रवेश गरी आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको थियो । त्यसपछि पाकिस्तानले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानका राजदूतलाई तेहरान फिर्ता पठाएको थियो ।

इरानले मंगलबार बलुचिस्तानको पञ्जगुर सहरमा मिसाइल प्रहार गरेको थियो । यस हमलामा दुई बालबालिकाको मृत्यु भएको र ३ जना घाइते भएको पाकिस्तानको दाबी छ । आक्रोशित पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउँदै इरानका राजदूतलाई देश निकाला गरेको छ । यसले इरानलाई सबै उच्चस्तरीय द्विपक्षीय भ्रमण रद्द गरेर गम्भीर परिणाम भोग्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal