आज :

आजको युग प्रश्न गर्ने युग किन एकल राजा र हिन्दु राष्ट ?

  • अनलाइन डबली

पदम श्रेष्ठ – 

हिन्दु धर्म र राज संस्थालाई दुई आँखाको नानीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व गाई गोरुको मासु अनिवार्य चलाउने किराँत समुदायका राजेन्द्र लिङदेनको हातमा पुगेपछि राजनितिक बृत्तमा छुटटै बहस चल्न थालेको छ ।
पुराना पञ्चहरुको पार्टी भनेरपनि चिनिने रा.प्र.पा.को नेतृत्व ईतर हिन्दुको हातमा पुगेको मात्र नभै जीवनभर हिन्दु पहिचानको लागि जीवननै अर्पण गर्नु भएका कमल थापा ,निरंकुश जहाँनियाँ शाशकको प्रतिक पशुपतिशमसेर ज.व.रा,. डा. प्रकाशचन्द्र लोहनी जस्ता घरानिया पञ्चहरुलाई समेत पाखा लगाएर लिङदेन नेतृत्वमा पुग्नुलाई कम चुनौतीपुर्ण मानिएको छैन । यस्तो चुनौती राप्रपाका अध्यक्ष लिङदेको लागि मात्र होईन राजा र हिन्दु राष्ट्र नेपालको नारा स्थापित गर्नका लागि रहनुभएका नेपाली काग्रेसका नेता खुम बहादुर खड्कादेखि हिन्दुवादी अवसरबादी कम्युनिष्ट नेता दुर्गा प्रसाँईहरुलाईपनि आईलागेको छ ।
किनकी आजको युग भनेको प्रश्न गर्ने युग हो । आदिकालमा गन्यमान्यले चारहात खुटटा भएको मुर्ती वा चित्र देखाएर यो फलानो देवता हो ,पुजा गर भनेपछि अनेक हाउभाउ प्रयोग गरी पुज्थे तर आजको जमातले किन कसरी त्यो देवता भनेर प्रश्न गर्ने गर्दछन् । प्रश्नको जवाफ अनिवार्यपनि छ । तर पुर्खाले भनिआएको हामी हिन्दु रे त्यसैले जनगरणामा हिन्दु लेखायौं भन्नेहरुको जमात भने कम छैन । जसरी कि रत्नपार्कको नाउँ हटेर शंङखधरपार्क भएको २०४६ को बहुदलिय प्रजातन्त्रदेखि नै हो । ०६३ सालको गणतन्त्रबाट आरएनसि हटेर एनएसि भैसक्यो तर मान्छेहरुले रत्नपार्क ,आरएनएसि भन्न छोडेका छैनन् । हो त्यसै प्रकारले पशुपतीनाथका प्रमुख चार भण्डारीहरुको आगम देवता बौद्धको हारती अजिमाँ हुन भने पलाञ्चोक भगवतीका पुजारी मखनका वज्राचार्य छन् । स्वभाः भगवतीका पुजारी कापलिक छन् भने टुँडखेलस्थित महाँङकाल भैरवको शिरमा बुद्ध मुर्ती छन् तर त्यहाँका पुजारी वंशजले आफुलाई हिन्दु भनेर गौरव गर्छन् भने पुजा गर्न जानेहरुपनि । त्यसबाट हामी के भन्न सक्छौं भने धर्म गुरुहरुले तथ्य कुरा कहिल्यै नभन्ने र जजमानलाई संधै कुहिरोमा हराएको कागको रुपमा राखिराख्नुको परिणाम धर्म बारे ठुलो भ्रम व्याप्त पाईन्छ । बास्तवमा हिन्दु भनेको के हो भन्ने बारे तलका भनाईहरुबाट पनि केहि तथ्य प्रष्टिन सकिन्छ ।
हिन्दु कोही धर्म नही, सिन्धु घाँटी सभ्यताको फारसी भाषी
मुस्लिम भाइयों ने रखा हुवा हिन्दुस्थानका अपभ्रंश नाउँ हे ।
वही हिन्दु शब्दको बेलायती लोगो ने इन्दो कहने लगा ।”
वहि ईण्दो इन्डिया हो गया ।
हिन्दी भाषाका यी शब्द रामकृष्णवेदान्त समाज बेलोरमठ भारतका स्वामी चिन्मयानन्दका हुन् । हुनपनि हिन्दुभूमि हिन्दुस्थान र भाषा हिन्दी जगजाहेरै भएको सवाल हो । हिन्दुस्थानीले आफ्नो भाषणको समापनमा भन्ने जय हिन्द ले हिन्दुस्थानको पर्याय हिन्दु भनिएको तथ्य सूर्यजस्तै छर्लङ भैसक्दापनि चार वेद, अठाह« पुराणमा कतै उल्लेख नभएको भारतीय राष्ट्रवाद हिन्दुलाई धर्म बनाएर आदिकालदेखि सार्वभौम स्वतन्त्र राष्ट्र नेपालको गौरव ठान्नेहरुलाई कसरी राष्ट्रबादी भन्ने ? प्रश्न छ,जनजनको । जसरी नेपालीहरु विश्वको कुनै कुनापुग्दा सर्वप्रथम आफूलाई यो धर्माव्लम्बी भन्नुअघि नेपाली भन्छौं्, त्यसैगरी हिन्दुस्थानीहरु नेपाल छिरी राज्यसत्तामा पहुँच बनाएपछि हिन्दु राष्ट्रवादलाई धर्मको नाउँ दिई व्यापक बनाएका हुन् । ”वेदलाई आफ्नो मूल धार्मिक मार्गनिर्देशक सिद्धान्त मान्नेले आफूलाई हिन्दु होइन, वैदिक सनातन भन्नुपर्दछ , पाटन कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्माले क्रान्ति एक दिशाबोध पुस्तीकामा उल्लेख गर्नु भएको छ ,उहाँ भन्नुहुन्छ नेपाललाई वैदिक सनातन राष्ट्र भन्दा भयो तर हिन्दु राष्ट्र भन्नु भएन किनकी आदिकालदेखि प्रचलित सनातन भित्र बौद्ध, जैन, शिख,किरात ,मस्टो,वोन , शाक्त सबै सबै अटाउँछन् तर हिन्दु पहिचान भित्र यी सम्प्रदाय अटाउँदैनन् । कतिपयले हिमालयको हि र समन्ुद्र छेउ सिन्धु सभ्यतालाई जोडेर हिन्दु भनिएको तर्क गर्छन् । त्यस्तै, जो हिंसाबाट दूर रहन्छ (हिंसा+दूर) ऊ हिन्दु हो भन्छन । किरात, शैव, बौद्ध, नाथ, नागा, जैन, सिख, शाक्त धर्मको सामूहिक आस्थाकेन्द्र पशुपतिनाथलाई शिरधाम मान्दछन् तर “हिमालयदेखि सिन्धु सभ्यतासम्म फैलिएको हीन र दुःख भावनाबाट मुक्त ॐकार परिवार, जसको वेद मार्ग निर्देशक सिद्धान्त हो, त्यो सत्यलाई वैदिक सनातन भनिन्छ, हिन्दु होईन भन्नेहरुको जमात बढ्दो छ ।”
नेपालमा हिन्दु नाउँ प्रवेश ः
यहाँ एउटै हिन्दुबारे धेरै परिभाषा देखापरे । खासमा हिन्दु राष्ट्रलाई धर्मका रूपमा अपव्याख्या गर्ने ऋषि दीर्घतमा हुन् । आर्यन–(व्राम्हण ) ईरानबाट भारत भित्रिनुअघि ई.सं.१०० ताका नारायण सम्प्रदायको विष्णु धर्मलाई ऋग्वेदको दसौं मण्डलमा भित्राई सिन्धु सभ्यतामा समावेश गराए । यसअघि गरुड जातिको नारायणी धर्म, शंखग्रिव कापलिकको योनितन्त्र, नागजातिको पुत्रमन्थ, निषादको वनदेवी, भूषिक, टिटाक, पक्ष गन्धर्वआदि धर्म थिए । जो अनार्य र वेद नमान्ने हुन् । वास्तवमा शिवपनि अनार्य अवैदिक किरात ( शेतामगुराली ) का पुर्खा देवता हुन् । ती सबैलाई सङ्गठितगर्दै ब्रम्हा, विष्णु, महेश्वर (शिव) त्रैतवादी हिन्दु धर्मको नाउँ दिई प्रचार गरियो । ठीक त्यसै बेला अनार्यले प्रयोग गर्ने ॐ मन्त्रलाई श्वेताश्वर उपनिषद् रचनागरी हिन्दुको नाउँमा ग्रहण गरिए । ई.पु.४०० तिर बुद्ध र जैन धर्मको अनिश्वरवादले व्यापकता पाएको बेला हिन्दु राष्ट्रवादी धर्मका रूपमा सङ्गठितहुँदै ईश्वरवादलाई बचाउन वासुदेव भक्ति प्रचार गरियो । यसैलाई भागवत गीता भनियो । श्रम बिना केही पनि प्राप्त हुदैन भन्ने बुद्ध वचनलाई कसैगरीपनि दबाउन नसकेपछि वेदवादी जयदेवले गीता, गोविन्दावली, अष्टपदी रचनागरी बुद्धलाई पनि हिन्दुको नवौं अवतारमा कोचिदिए । ‘
मत्स्य कुर्मो वराहश्चः नृसिंह वामनस्तथा,
रामो रामोश्यः रामोश्यः कृष्ण बुद्धकल्की तथैवचः’
साहित्यलाई नेपालमा प्रवेश गराउने कार्य ई.सं. ७५० मा कुमारिल भट्ट र ई.सं. ७८८ मा शङ्कराचार्यबाट भएको आख्यान पाईन्छ । राज्यसंग मिलेर शङ्कराचार्यले बौद्ध भिक्षुलाई जबर्जस्ती विवाह गराएभने काठमाडौं उपत्यकाका विहार, गुम्बा, चैत्य भत्काउने र ८४ हजार बौद्ध ग्रन्थ जलाएर नष्ट गरिदिएको कुरा नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख छ । ने.सं. ५०० ताका सामाजिक सुधारको नाउमा श्रीमानको हैसियतबाट जयस्थिति मल्लले तत्कालिन राजा राजल्लदेवीको राज्यसत्ता आफ्नो हातमा लिई भारतको कान्यकुब्जबाट कीर्तिनाथ उपाध्याय, मिथिलाबाट रघुनाथ झा र रामनाथ झा, दक्षिण भारतबाट श्रीनाथ भट्ट र महिनाथ भट्ट झिकाई नेपालमा मनुस्मृतिका आधारमा छुवाछूत, सती प्रथा लाड्ने कार्य भए । जुन कुप्रथाले वैदिक परम्परामाथि नै नाउँ र कुसंस्कारको धव्बा लाग्न पुग्यो ।
वैदिक धर्मँवलम्बी कसलाई भन्ने ?
जसले भगवान्को मुखबाट ब्राम्हण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतलाबाट शुद्र सिर्जना हुने विश्वास गर्दछन् । जो २५ वर्ष ब्रम्हचर्य आश्रम, २५ वर्ष गृहस्थाश्रम, २५ वर्ष सन्यासश्रम र २५ वर्ष वानप्रस्थाश्रम जीवन व्यतीत गर्नमा आफ्नो अस्तित्व देख्छन्, ती व्यक्ति वा समूहलाई वैदिक सनातन भन्ने गरिन्छ । भनिन्छ, सत्ययुगमा कपिलमुनि ऋषिले हिन्दुस्थानको गङ्गासागर तटमा, त्रेतायुगमा हिन्दुस्थानकै गिरिनारमा रही दत्तात्रयले, द्वापरयुगमा नेपालको दमौलीमा जन्मेका व्यास ऋषिले र कलियुगमा जगत्गुरु शङ्कराचार्यले दक्षिण भारतमा रही वेदलाई बचाएर यहाँसम्म पु¥याएका हुन् । तर महान वेद शास्त्रलाई नै हिन्दु राष्ट्रियतामा अपव्याख्या गरेर अर्थको अनर्थ गर्नु हुन्न भन्ने आजको अवाज हो । फेरी काम क्रोध ,लोभ ,मोह र अहङकारबाट मुक्त भई पुनः पुनः जन्मनै नपर्ने निर्वाणका पक्षपाति बौद्ध धर्म , विशुद्ध प्राकृतिक धर्म किरात ,मष्टोलाई हिन्दु राष्टियताको शाखा धर्म कसरी पचाउन सकिएला आजको जमातले प्रश्नको जवाफ खोई ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal