आज :

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका १० उम्मेदवार, संस्थापन पक्षका ६ जना

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो ।

उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चार जना संस्थापनइतर पक्षका छन् ।

कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् ।

बागमती प्रदेशमा अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपाङ्गता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् ।

लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । उनका अनुसार सोमबार सातै प्रदेशमा उम्मेदवारको मनोनयन गर्ने तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal