आज :

गठबन्धनमा राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट टुग्यो लाग्यो, कसले कति सिट पाए ?

  • अनलाइन डबली

काठमाडौं । सत्ता गठबन्धन चार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटलाई टुंगोमा पुर्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट करिब टुंगिएका हुन् ।

उच्च स्रोतका अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट पाउने गरी बाँडफाँटको टुंगो लागेको हो । यसअघि कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ । कर्णालीमा माओवादी केन्द्रको दोस्रो मतभार छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तेस्रो मतभार छ ।

मधेस प्रदेशमा माओवादी मतभारका हिसाबले चौथो स्थानमा छ । त्यहाँ जसपा मतभारका हिसामा तेस्रो छ । अन्य प्रदेशमा एकीकृत समाजवादी र जसपाको उपसिस्थति न्युन छ । आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने नेताहरुले बताएका छन् ।

रााष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी २ सिट, मधेशमा अन्य र महिला गरी २, बागतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी ३ सिट, लुम्बिनीमा महिला र अन्य गरी २ सिट, कर्णालीमा महिला, दलित र अन्य गरी ३ सिट र सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी ३, सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यी नै क्लस्टरका आधारमा भागबन्डा गर्ने तयारी छ ।

माघ ११ मा हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal