काठमाडौँ । सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकले राष्ट्रियसभा निर्वाचनमा सिटको बाँडफाँड टुङ्ग्याउने नेताहरुले बताएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् । तीन दलको बैठकपछि सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको छ ।
आजको बैठकले दलहरुले पाउने सिटको टुंगो लगाउने र भोलि आआफ्नो दलको बैठकले उम्मेदवार छनोट गर्ने दलहरुको तयारी छ ।