आज :

राष्ट्रियसभा चुनाव बार्गेनिङ गर्दै एमाले, १९ सिटमै उम्मेदवारी दिने धम्की

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा महागठबन्धन हुने चर्चाबीच नेकपा (एमाले) ले छुटै उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव इश्वर पोखरेलले जानकारी दिए ।

आजको सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर निर्णय गर्ने पोखरेलले बताए ।

बैठकपछि महासचिव पोखरेलले भने, ‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ । ती नामका बारेमा छलफल गरेका छौं । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ । थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बढीमा ६ सिट मागिरहेको एमालेले आज गरेको निर्णयलाई बार्गेनिङ गरेको अर्थमा बुझिएको छ ।

गठबन्धनका नेताहरुले मागेको ६ सिटको लागि धम्की दिन आजको निर्णय गरेको बताउँछन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal