
काठमाडौँ । सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच सहमति भएको छ । पीडित परिवारलाई उपयुक्त रोजगारीसहित ४ बुँदे सहमित भएको हो ।
गृह मन्त्रालयमा भएको ४ बुँदे सहमतिसँगै परिवारले शव उठाउने र त्यसको व्यवस्गापन सरकारले गर्ने सहमति भएको छ ।
त्यसैगरी मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।
सहमतिको चौथो बुँदामा मृतकका परिवारले हिजो नै शव बुझिलिने उल्लेख छ । यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ ।
पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।
सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।
अझै परिवारले शव बुझ्न नमानेपछि सरकारले मृतकका परिवारसँग थप सहमति गरेको हो ।
यस्तो छ चार बुँदे सहमतिः