काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महेश राईले मुक्का हानेका छन् । कडा सुरक्षा घेरा तोडेर राईले विहीबार ओलीमाथि मुक्का प्रहार गरेका हुन् ।
राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै स्वगत गर्नेहरुसँग ओली नजिक पुगेका राईले मुक्का प्रहार गरेका थिए ।
प्रहरीले शंका लागेका कारण राईलाई स्वागत गर्न रोक्न खोजेको थियो । तर, एमालेकै कार्यकर्ताको सहयोगमा फुलमाला बोकेर राईले ओली नजिक पुगेका थिए । प्रहरीले एमालेकै कार्यकर्ताको सहयोगमा राईले ओलीसम्म पुगेको बतायो ।
ओलीमाथि मुक्का प्रहार गर्ने राईले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
मध्यपहाडी संकल्प यात्राका क्रममा आज ओली धनकुटाको लेगुवा पुगेका थिए । भोजपुरबाट धनकुटा प्रवेश गरेका ओलीको फूलमाला र अविरले स्वागत गरिएको थियो ।
ओलीमाथि मुक्का हान्ने राई महालक्ष्मी–५ धनकुटाका स्थानीय भएको र उनी पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा नरहेको खुलेको प्रहरीले बताएको छ ।
एमाले कार्यकर्ताबाट कुटिएका राई अहिले प्रहरीको नियन्त्रणमा छन् ।