आज :

महिलालाई नेतृत्व दिए भ्रष्टाचार आफैं कम हुन्छः मन्त्री आचार्य

  • अनलाइन डबली

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफै कम हुँदै जाने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफैं कम हुँदै जाने भएकाले महिलालाई थप अधिकार दिने कुरामा गम्भीर हुन आवश्यक रहेको बताएका हुन् ।

“अहिले देशमा भ्रष्टाचारको ठूलो रोग छ । जब महिलाहरुलाई नेतृत्व दिन सकियो भने त्यहाँ भ्रष्टाचारमा अटोमेकि कमि आउँछ । त्यो मान्यता मेरो व्यक्तिगत रुपमा नै छ र मैले उठाउने गरेको पनि छु । जुन सुकै स्थानिय तहमा पनि महिला नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार पनि कम छ । त्यसैले महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भिर हुनै पर्छ” मन्त्री आचार्यले भने ।

जबसम्म प्रत्येक घरमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र महिला सहभागीताका विषयमा सोच्न सकिँदैन् तबसम्म महिला मन्त्रालयले मात्र गरेर महिलामाथि हुने विभेद् अन्त्य हुन नसक्ने उनको भनाई छ ।

मन्त्री आचार्यले भने,“एउटा महिला मन्त्रालयले मात्र गरिदिएर यो महिला माथि हुने विभेद् अन्त्य हुँदैन् । जबसम्म प्रत्येक घरमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र महिला सहभागीताका कुराका विषयमा हामी सोच्न सक्दैनौं तबसम्म समाज परिवर्तन हुन सक्दैन् ।”

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal