Skip
आज :

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई, रिहाईको लागि पहल जारी

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्रले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यँहा पुगेका थिए ।

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ । यद्यपी, उनको कुनै खबर प्राप्त हुन सकेको छैन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal