आज :

सरकारले सुरु गर्यो एनसेलको बदमासीमाथि छानबिन

  • अनलाइन डबली

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिनको काम सुरु गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले टंकमणि शर्माको संयोकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई एक महिनाको समय दिइएको छ ।

सरकारले अधिकारी दिएलगत्तै समितिले आजैदेखि काम सुरु गरेको संयोजक शर्माले बताएका छन् । निर्धारित समयभित्र छानविको काम सम्पन्न गर्ने समेत समितिले जनाएको छ ।

पूर्व महालेखा परीक्षक समेत रहेका शर्माको नेतृत्वमा बनेको समितिमा सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

नियमनकारी निकायलाई जानकारी नै नदिएर एनसेल आजियटाले सतीशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूके कम्पनीलाई ८० प्रतिशत शेयर बिक्री गरेको साबैजनिक भएको थियो ।

६ खर्बमा शेयर बिक्री भएको तर ५ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ६६ अर्ब हाराहारीमा बिक्री भएको सार्बजनिक भएपछि सरकारले प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal