आज :

खेल नीति बनाउन निरन्तर लागेका छौं : मन्त्री लिम्बु

  • अनलाइन डबली

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडीहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागिपरेको बताएका छन् ।

बुधवार काठमाडौंमा फिटनेसद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले नीतिगत रुपमा गरिएका व्यवस्थाहरु अनुसारका सुविधा प्रयाप्त नभएको भन्दै यसलाई अगाडि बढाउन सरकार दृढ रहेको बताए ।

“खेलाडीहरुले पाउनुपर्ने सेवा, सुविधाहरु नीतिगत रुपमा व्यवस्था गरिएको छ । अझ त्यसलाई बढाउनुपर्छ भन्न पक्षमा छु म । त्यतिले पुग्दैन । आगामि दिनमा बजेट बनाउँदा मात्रा बढाएर दुख गरेर देश र जनाको लागि खेलेका खेलाडीहरुको लागि अरु सुविधा बढाउनुपर्छ भन्ने खालको नीति बनाउन लागिपरेका छौं । म यो सरकाको प्रतिनिधिको रुपमा छु । यो युवा तथा खेलकुद मन्त्रालयको मन्त्री भएको कारणले सकेसम्म सबै खेल विधाहरुको खेलाडीहरुले राम्रो सुविधा पाउन सक्ने राम्रो व्यवस्थापन गर्न सकिने नीति निर्माण गर्ने तर्फ प्रयास गरिरहेको छु” मन्त्री लिम्बुले भने ।

सबै खेलसँग सम्बन्धित संघसस्थाहरुले राम्रोसँग काम कारबाही गर्न नसक्दा खेलाडीहरुरुले पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको लिम्बुले टिप्पणी गरे ।

उनले भने,“खेलाडिले दुख गरेर मेहेनत गरेको छ पाउनुपर्ने सेवा सुविधा पाएको छैन् । कतिपय खेलसंघहरुको पछि किन मन्त्री लाग्यो होला भन्छन् । तर, समग्रमा मन्त्रालयसँग सम्बन्धित खेल संघहरुको के छ भने कति संघले साधारणसभा नै नगर्ने आवधिक रुपमा निर्वाचन पनि नगर्ने त्यसपछि त्यहाँ आवद्ध खेलाडिहरुले सुविधा नपाउने भयो ।”

खेलाडीहरुले देशको हित र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनै कसुर बाँकी नराख्ने मन्त्री लिम्बुको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal