आज :

नेपालभाषा म्युजिक भिडियो  ‘ङेङापा झ्यःया दरबार’  सार्वजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

 

काठमाडौँ । ऐतिहासिक सहर भक्तपुरको पचपन्न झ्याले दरवारको सांगीतिक व्याख्या गरिएको नेपालभाषा म्युजिक भिडियो  ‘ङेङापा झ्यःया दरबार’  सार्वजनिक भएको छ ।  विश्वप्रसिद्ध ५५ झ्याल दरबार तथा तत्कालीन राजा रणजित मल्लको प्रेम सम्बन्धलाई वर्णन गरी तयार गरिएको यो म्युजिक भिडियो आज युट्युबमा सार्वजनिक भएको हो  ।
जनकवि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको संगीतमा तयार गरिएको गीतलाई सत्यनारायण मानन्धरले गाएका हुन् । उनले यसअघि पनि थुप्रै गीत गाएका छन् । गीत र संगीत क्षेत्रमा दसकौं अनुभव संगालेर फरक विधाका गीतमा आवाज भरिसकेका मानन्धरले १७ औं शताब्दीको नेपाल भारत दौत्य सम्बन्ध प्रतिबिम्बित हुनेगरी दुई देशका प्रेमी प्रेमिकाको विषयमा तयार गरिएको गीत गाएका हुन् । तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भादगाउँका महाराज रणजित मल्लको प्रेम सम्बन्ध, अलौकिक ५५ झ्यालको दरबार, भादगाउँकै विभिन्न ठाउँहरुको विषय गीतमा बर्णन गरिएको छ । केही दिन अघि औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको म्युजिक भिडियोको लागि भक्तपुरकै विश्व सम्पदामा सुचिकृत विभिन्न ठाउँमा सुटिङ गरिएको छ ।

 

 

रजनी केसीले निर्माण गरेको म्युजिक भिडियोलाई रियल टाइम स्वरुपमा ढाल्न निर्देशक विश्वास बज्राचार्य र सहनिर्देशक विजनराज बज्राचार्यले निकै मिहिनेत गरेको देखिन्छ । काठमाडौंको जमलस्थित डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको लागि श्याम बागदासले मिक्सिङ गरेका छन् । गीतलाई भानुभक्त ढकालले रेकर्ड गराउन प्राविधिक सहयोग गरेका छन् । म्युजिक भिडिायोमा कलाकार कर्मा शाक्य र रोजिना सुवालया मुख्य अभिनय रहेको छ ।

केही दिनअघि भक्तपुरमा औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको गीतलाई लगत्तै युट्यूबमा अपलोड गरिएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाया मेयर सुनिल प्रजापति, जनकवि दुर्गालाल श्रेष्ठ, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरया प्रमुख अरुणा नकर्मी, संस्कृति अध्येता ओम धौभडेल, म्युजिक भिडियोकी निर्माता रजनी केसी, निर्देशक विश्वास बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश साय्मि, लक्ष्मण पलिखेल लगायतको सहभागिता सहभागिता थियो ।

म्युजिक भिडियो हेर्न तल  क्लिकमा जानु होला –

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal