आज :

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालतको आदेश आज आउँदै, बालकृष्ण–टोपबहादुर छुटलान् ?

  • अनलाइन डबली

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा परेको पुनरावेदन निवेदनमाथिको सुनुवाई बिहीबार सकिएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे लगायत २० जनाको निवेदनमा १० दिनदेखि उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो ।

न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेकाले शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर गत जेठ १० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले गत असार १ गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशमा २० जना पुर्पक्षका लागि थुनामा छन् । उनीहरुले आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले थुनामै राख्ने नै रहने, धरौटी वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।

योसँगै रायमाझी, खाँण छुट्छन् कि भुनामै रहन्छन् भन्ने विषय चाँसोको साथ हेरिएको छ । केही कानून व्यवसायीहरुले धरौटीमा छुट्न सक्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal