आज :

प्रभाकरको नेतृत्वमा ३ हजार स्वयंसेवक भूकम्प पीडितको घर बनाउन जुटे

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भूकम्प पीडितको लागि अस्थायी आवास बनाउन तीन हजार स्वयंसेवक परिचालन गरेको छ । जसको नेतृत्व उपमहासचिव प्रभाकरले गर्ने छन् ।

रुकुम पश्चिमका पीडितको लागि अस्थायी आवास निर्माण गर्न जिल्लाको सिंगो पार्टीलाई स्वयंसेवक दलमा रुपान्तरण गर्ने निर्णय यसअघि गरेको थियो ।

चिसो बढ्दै गएपछि युद्धस्तरमा लागेर त्रिपालमुनी रात काटिरहेका पीडितलाई एकहप्ता भित्र अस्थायी आवासमा बसाल्ने माओवादीको योजना छ ।

प्रभाकर भूकम्प गएको अर्को दिनदेखि जिल्लामै खटिरहेका छन् । स्वयंसेवक टोली आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडितको लागि आवास निर्माण गरिरहेको छ । यहाँका पीडितलाई अस्थायी आवासमा बसालेर अन्य ठाउँमा जाने माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

टोली विहानदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिने बताइएको छ ।

जिल्लाभरी तीन हजार ८७ जना परिचालन गर्न लागेको प्रभाकरले जानकारी दिए ।

भूकम्पमा परी जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५४ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । त्यस्तै, जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal