आज :

सुरक्षाकर्मी परिचालन गरेर तुरुन्त भूकम्प पीडितको लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सरकारले भूकम्प पीडितको लागि अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ ।​

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्‌को बैठकले अस्थायी बसोबासको लागि आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

चिसो बढ्दै गएपछि त्रिपालमुनि रात कटाउन बाध्य प्रभावितको लागि सरकारले छिटो अवासमा बसाउन यो निर्णय गरेको प्रचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal