काठमाडौँ । राष्ट्रियसभाको रिक्त हुन लागेको पदको लागि माघ ११ गते निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गते रिक्त हुन लागेको पदको निर्वाचन गर्ने निर्णय गरेको हो ।
आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ । नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४ नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि पनि सकिने लागेको छ ।
अब नयाँ अध्यक्षको निर्वाचन पनि गर्नुपर्ने भएको छ ।


अनलाइन डबली





