आज :

आज प्रधानमन्त्री प्रचण्ड यूएई जाँदै, कोपा-२८ औँ सम्मेलनलाई सम्बोधन गर्ने 

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री यूएई जान लागेका हुन् ।

यूएईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म कोप–२८ को २८औँ सम्मेलन चल्नेछ । प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्वकीय सचिव गंगा दाहाल र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने भ्रमण तालिमा रहेको छ । त्यस्तै, यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने बताइएको छ ।

डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा पनि प्रधानमन्त्री समेत सहभागी हुनेछन् ।

सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सो क्रममा पनि प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबारे कुरा उठाउने तयारी भएको छ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड डिसेम्बर ३ मा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal