काठमाडौँ । मंगलबार साँझ पाँच मिनेटको फरकमा सिन्धुपाल्चोक र भक्तपुर केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठूलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यसको पाँच मिनेटपछि अर्थात ८ बजेर ५० मिनेटमा भक्तपुर केन्द्रबिन्दु फेरि अर्को भूकम्प गएको थियो ।
केन्द्रका अनुसार दोस्रो भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर ३.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
जाजरकोट भूकम्पका कारण अझैं मानिसहरु मानमुनी रहेको अवस्थामा लगातार दुई पटक भूकम्पका झट्का गएपछि काठमाडौं र आसपासका बासिन्दा त्रसित बनेका थिए ।