आज :

प्रधानमन्त्री कार्यालयको अवलोकनपछि प्रचण्ड र ओलीबीच भेटवार्ता, दुर्गादेखि ज्ञानेन्द्रका गतिविधिबारे छलफल

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ अवलोकन गराएका छन् ।

मंगलबार भेट्न सिंहदरबार पुगेका ओलीलाई प्रधानमन्त्री प्रचण्ड नयाँ नयाँ कार्यकक्षको अवलोकन गराएका थिए । त्यसपछि प्रचण्ड र ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको थियो ।

पार्टीको अभियान उद्घाटन गर्न सुदूरपश्चिम जानुअघि ओली सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । त्यस्तै पछिल्ला दिनमा व्यवस्था विरुद्ध भइरहेका पदर्शनकाबारेमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै ओलीसँग सुझाव मागेका थिए ।

त्यसैगरी ओलीले आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराएको थिए ।

दुबै नेता संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध हुने हरकतलाई एकजुट भएर परास्त गर्न सहमत भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal