आज :

बैंकको ब्याज नतिर्नेले राजा ल्याउछु भन्दा पत्याउने मुर्ख हुन्ः राजेन्द्र लिङ्देन

  • अनलाइन डबली

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायी दुर्गा प्रसाईलाई ब‍ैंक ठग भएको बताएका छन् । झापामा भएको कार्यक्रममा लिङ्देलनले प्रसाईले बैंकको ब्याज तिर्न नसक्नेले राजा ल्याउछ भन्न नसुहाउने समेत बताए ।

‘बैंक ठग । ब्याज तिर्न नसक्नेले राजा ल्याउछु भन्दा हामीले पत्याउनु पर्ने ? उनको पछि लाग्नुपर्ने ? विश्वास गर्ने हाम्रो पार्टीका कस्ता नेता कार्यकर्ता हुन् ?’ लिङ्देनले भने । उनले नाम नलिएरै प्रसाईले राजा ल्याउछ भन्दा पत्याउने मूर्ख भएको समेत बताए ।

पूर्वराजालाई झापा लिएर कार्यक्रम गरेका लिङ्देलने पार्टीका नेताहरुले प्रसाईको कार्यक्रमबारे अध्यक्ष बोलेने भनेको भन्दै असन्तुष्टि समेत राखे ।

अध्यक्ष लिङ्देनले बैंकमा भएको पैसा जनताकै भएको भन्दै ब्याज लिनेले तिर्नु पर्नेमा जोड पनि दिए । ‘बैंकमा भएको पैसा हामी हाम्रै हो, एउटा नागरिकले जम्मा गरेको पैसा अर्कोले ऋण लिएको हुन्छ, यो पैसा तिर्दैन भन्न मिल्छ ?’

प्रसाईले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा राप्रपामा दुई धार देखा परेका थिए । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेता प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने पक्षमा उभिएका थिए । तर, अध्यक्ष लिङ्देन कुनै प्रतिक्रिया नदिएर प्रसाईको कार्यक्रममा समर्थन गरेनन् ।

प्रसाईले काठमाडौंकाे कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह आउने हल्ला चलाएका थिए । तर, ज्ञानेन्द्र भोलिपल्ट झापा लागे ।

झापामा आफूलाई देखाउन कार्यक्रम आयोजना गरेको भन्ने बुझेका प्रसाईले अहिले बोली फेरेका छन् । उनले आफू राजावादी नभएको भन्ने जस्ता तर्क गर्न थालेका छन् । प्रसाईले आफू राष्ट्रवादी भएको बताउन थालेका छन् ।

प्रसाईको बोली परिवर्तनसँगै उनकाे कार्यक्रम प्रभावकारी हुन छोडेकाे छ । कार्यक्रममा सहभागी हुनेको संख्या न्यून बन्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal