काठमाडौँ । दैनिक एक कप बराबरको रकम दान बात बनेको “ एक कप चिया” अभियानले ४६ जना मोतिबिन्दु बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ ।२७ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा आज शनिबार अभियान अन्तर्गत उठेको चन्दाबाट संकलित रकमबात देशका विभिन्न स्थानबाट आएका बिरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।
काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष तथा बरिष्ट आँखा रोग बिषेशज्ञ सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।
विगतमा एउटा आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । समापन समारोह मदन पुरस्कार विजेता प्रसिद्ध लेखक तथा एक कप चिया अभियान गीतका रचनाकार गीतकार डा. नवराज लम्साल, संगीतकार मनराजा नकर्मी र गायिका संगीता थापा शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।