आज :

एमाले र दुर्गा प्रसाईँको आज शक्ति प्रदर्शन, डीआईजीको नेतृत्वमा ७ हजार सुरक्षाकर्मी परिचालन 

  • अनलाइन डबली

काठमाडौँ । आज नेकपा एमाले र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा शक्त प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित गरेपछि फरकफरक स्थानमा कार्यक्रम हुन लागेका हुन् ।

एमाले निकट राष्ट्रिय युवा संघले तीनकुने र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्ख्मा कार्यक्रम शक्ति प्रदर्शन गर्दैछन् ।

प्रदर्शनको कडा सुरक्षा व्यवस्था गरिएको छ । कार्यक्रमको लागि ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

त्यसैगरी ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् भने प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।

त्यस्तै, एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित गरिएको छ ।

सुरक्षा परिचालनको नेतृत्व डीआईजी लालमणि आचार्यले नेतृत्व गर्नेछन् । उनको कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

कार्यक्रमस्थल फरकफरक भएपनि बाटोमा दुई समूहबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal