आज :

कोशी र मधेसपछि अब काठमाडौँमा पनि एमाले सकिन्छः प्रसाईँ

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफूले पाइला टेकेको ठाउँमा नेकपा (एमाले) सकिने बताएका छन् । आफ्नो समूहले विहीबार आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँदले एमाले कोशी, मधेश सकिएको दाबी गर्दै अब काठमाडौंमा सकिने दाबी गरे ।

‘केपी ओली र महेश बस्नेतको राज हो यो ? विर्तामोडमा, मेची अञ्चल मात्रै होइन २ नम्बर प्रदेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदैछ’ प्रसाईँले भने ।

प्रसाईँले एमाले नेता महेश बस्नेतलाई चेतावनी दिँदै भक्तपुरमा आफूलाई निषेध गरेको बताए । उनले कि आफ्नो जग्गा किनिदिन नभए उनको सबै जग्गा आफूले किनिदिने बताए ।

कार्यक्रममा बोल्दै प्रसाईँले सिकारीले पनि सुतेको बेला गोली नचलाउने भन्दै आफ्नो सर्वस्व लुटिएको दुःख सुनाउन आएकालाई एमाले युवाहरुले हातपात गरेको आरोप लगाए ।

प्रसाईँले भने, ‘सिकारीले सिकार गर्दा पनि निदाउँदा गर्दैन । बिउँझाएर मात्रै गर्छ । तर गए राति ११ बजेर ५९ मिनेटमा चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा मेरा हजुराबाको कमाण्डमा रहेका युवा संघका अपराधीले जुत्ता बझारे, एक जनाको दाँत खुस्केको छ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal