
काठमाडौं । डनन्युजका सम्पादक राजेन्द्र प्रसाद अधिकारीलाई धम्की दिएकोप्रति आफ्नो संगठनको गम्भिर ध्यानकर्षण भएको प्रेस सेन्टर नेपालले जनाएकोे छ । सोमबार संगठनका महासचिव सन्तोस पौडेलले एक प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा पत्रकारमाथिको धम्की आफ्नो संगठनलाई सैय नहुने चतावनी समेत दिएका छन् ।
समाचार चित्त नबुझे सम्बन्धित पक्षले विधि पकड्नुको सट्टा धम्की दिनु गलत भएको उल्लेख गदै विज्ञप्तिमा भनिएको छ,‘हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा डनन्युजका सम्पादक राजेन्द्र प्रसाद अधिकारीलाई पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका परिवारका सदस्य मिना आचार्य सुवेदी र मिना जिसीले यहि २०८० मंसिर २ गते समाचार संकलनका क्रममा फोनमा कुरा गर्दा अपशब्द प्रयोग गर्दै बलात्कारको आरोपमा फसाई दिन्छु भन्दैं दिएको धम्कीप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा भनिएको छ,‘पत्रकार तथा सञ्चारकर्मीले समाचार संकलन गर्न पाउने, सूचना लिने तथा दिने र सम्प्रेषण गर्न पाउने संवैधानिक हकलाई बन्देज हुने गरी समाचार संकलनका क्रममा पत्रकार र पत्रकारितामाथि नै अनेक लान्छना लगाउने र तथ्यहिन आरोप लगाई दिएको धम्कीले प्रेस सेन्टर नेपाल, पत्रकार जगत र सिंगो पत्रकारीतामाथि नै एक जनप्रतिनिधिले हमला गरेको हाम्रो संगठनको ठहर छ ।’
पत्रकार तथा सम्पादक अधिकारीले सहकारीमा भएको अनियमितता र वडाध्यक्षको संलग्नताबारे लेखेको साचारको विषयमा चित्त नबुझे कानुनसम्मत तवरले खण्डन गर्न सक्ने, उजुरी गर्न सक्ने प्रावधान हुँदा हुँदै समाचारकै विषयमा लिएर गरिएको अपमानजनक गतिविधि सह्य हुन सक्दैन, तसर्थ निर्वाचित जनप्रतिनिधि र उनको परिवारले पत्रकार र सिंगै पत्रकारिता पेशाप्रति गरेको व्यवहार र लगाएको मिथ्या आरोपको भत्र्सना गर्दै घटनाको उचित छानवीन गरी दोषीमाथि तत्काल कानुनबमोजिम कडा कार्वाहीको लािग सम्वन्धीत निकायमा समेत सो संगठनले माग गरेको छ ।