काठमाडौं । जनता दलका अध्यक्ष हरिचरण शाहले संघीय गणतान्त्रिक व्यवस्था माथि प्रहार भईरहेको बताएका छन् ।
शनिबार भएको एक कार्यक्रममा बोल्दै शाहले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि पुरातनवादी शासकहरुले प्रहार गरिरहेको टिप्पणी गरे ।
“संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको प्रतिपक्ष पुरातावादी पहिलेका शासकहरुले कसरी गणतन्त्रमाथि प्रहार भईरहेको छ । कसले टाउको उचालिरहेका छन् । यसको कारण के हो त । हामी गणतन्त्रवादीहरु जो देश निर्माणको बचन दिएका थियौं त्यो बचन पूरा नगर्ने र कु बाटो हिड्ने कुकृत्य गर्ने भ्रष्टाचार गर्ने नेपालीलाई बेच्ने गर्ने हाम्रै गल्तिले हामीमाथि प्रहार भैरहेको छ” अध्यक्ष शाहले भने ।
स्वतन्त्रतामाथि आघात गर्ने शत्रुहरु मौलाईरहेको टिप्पणी गर्दै शाहले प्राप्त भएको उपलब्धी जाला कि भन्ने चिन्ताले सबै चुप बसेको बताए ।
शाहले भने, “जबसम्म शत्रु लागिरहेका छन् । स्वतन्त्रतामाथि आघात गर्ने शत्रुहरु सल्बलाई रहेको बेलामा हामी चुप लागेर बस्यौँ भने प्राप्त भएको उपलब्धी जाला कि भन्ने डर छ ।”


अनलाइन डबली





