आज :

टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा ८ वटा रिट, मंसिर ४ गते सुनुवाइ हुने

  • अनलाइन डबली

काठमाडौँ । सामाजिक संजाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन् । सर्वोच्चले शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको छ ।

सरकारले टिकटक नियमनमा आउन नचाहेको र सामाजिक सदभाव बिग्रिँदै गएको र अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै सरकारले नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णयको केहीले विरोध गरिरहेको बेला निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएका छन् ।

यसैबीच सुरुमा सरकारले गरेको पत्राचारलाई कुनै वास्ता नगरेको टिकटकले भने सरकारलाई पत्राचार गरेर नियमनको लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal