काठमाडौँ । सरकारले अर्को जनपक्षीय निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने र उक्त रकम भूकम्प पीडितको राहत, पुनर्स्थापनामा र अस्थायी आवस निर्माणको लागि खर्च गर्ने निर्णय सरकारले गरेको हो ।
सांसद विकास कोष फजुल खर्च हुने गरेको बताउँदै त्यसको उपयोग भूकम्प पीडितको लागि गर्न सुझाव आएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकमा कोषको रकम भूकम्प पीडितको पक्षमा खर्च गर्न उपयुक्त हुने भन्दै प्रस्ताव राखेका थिए ।
भूकम्प पीडितको उद्दार- राहतमा समयम प्रभावकारी भूमिका खेलेको सरकारले अव पुनःनिर्माणको पनि पहल लिने भएको छ ।
साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो ।