आज :

लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखेका बाजा क्यानभासमा

  • अनलाइन डबली

काठमाडौँ । त्रपुरेश्वर स्थित  महादेव बहालमा  लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखेका  बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङपिकासो द्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले परम्परागत नेपाली लोकबाजाका चित्रहरू बनाएका हुन् ।लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लो कबाजा संरक्षण गरेर संग्रह गर्नु भएको छ। चित्रकला प्रशिक्षणको अभियानमा जोडिएको संस्था योङ पिकासोका निर्देशक कलाकार अजय देसारको संयोजकत्वमा आयोजित चित्रकला कार्यशालामा सहभागी २७ जना कलाकारहरुले संग्रालयमा राखिएका बाजामध्ये छनोट गरि क्यानभासमा उतारेका हुन् । सो अवसरमा गुठीसंस्थानका अध्यक्ष डा. शिवराज पण्डितले लोकबाजा सङ्ग्रहालयको व्यवस्थापनका लागि आफूले सक्दो सहयोग र आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भद्रकाली स्थित सत्तालबात संचालन भएको लोकबाजा सङ्ग्रहालय स्थायी भवनको अभावमा २८ वर्षदेखि गुठी संस्थानको मातहतमा रहेका विभिन्न सत्तलमा अस्थायी संग्रालयको रूपमा संचालानमा रहदै आएको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal