काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोटसँगै छिमेकी रुकुम पश्चिममा पनि ठूलो जनधनको क्षति पुर्याएको छ । शुक्रबार राति गयो, विहानै प्रधानमन्त्री आफै उद्दारमा जुटे ।
प्रधानमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ उद्दार-राहतमा जुटे । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर अझै प्रभावित क्षेत्रका पीडितसँगै छन् ।
उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनस्र्थापनाको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन प्रभाकर प्रभावित क्षेत्रमै खटिएका छन् ।
प्रभाकर पीडितहरुका घरघर पुगेर राहत पुगे नपुगेको र दीर्घकालिन रुपमा पुनस्र्थापनाको कामलाई अगाडि बढाउने विषयमा जिल्लामा रहेका सबै राजनीतिक दल तथा जनप्रतिनिधिसँग छलफल गरिरहेका छन् ।
भूकम्पले खुला आकाशमा पुर्याएका जिल्लाबासीलाई पहिलो चरणमा त्रिपालमुनी राख्न प्रभाकर आफै खटिरहेका छन् । भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई शान्तवना दिन घरमै पुगिरहेका छन् । अहिले जनार्दनको दैनिकी यस्तै बनेको छ ।
यो फोटोहरुले जनार्दन सुख दुःखमा जनताको साथी हुन् भन्ने कुराको पुष्टि गरेको छ ।