आज :

युरोप भ्रमण रोकेर आज राष्ट्रपति भूकम्प प्रभावित जाजरकोट र रुकुम जाँदै

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार यही कात्तिक २२ गते राष्ट्रपति पौडेल फ्रान्स जाने तयारी थियो । फ्रान्सबाटै जर्मनी र इटाली भ्रमणलाई रोकेर राष्ट्रपति भूकम्प पीडितको अवस्था बुझ्न प्रभावित क्षेत्र जाने लागेका हुन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुने राष्ट्रपति पौडेललाई स्वीकृत दिइसकेको थियो तर देशमा भूकम्प संकट निम्त्याएको बेला विदेश भ्रमण नगर्ने राष्ट्रपतिले घोषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal