आज :

भूकम्पका घाइते भेट्न पुगे एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ ।

राहत सामग्री लिएर प्रभावित स्थलतर्फ हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेट गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको हो ।

आफूसहित महासचिव बुद्धि सुवेदी, निवर्तमान अध्यक्ष रविना थापा, युरोप महिला संयोजक गीता खनाल थापा, अभियन्ताहरु शनिकुमार ओली, ओम शर्मालगायतले घाइतेहरुलाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

त्यस क्रममा घाइतेहरुलाई उपचार र बसोबासमा सहज होस् भन्ने अभिप्रायका साथ एनआरएन टोलीले उपचारमा सहयोग समेत गरेको थियो ।

घाइतेहरुलाई भेटेर टोली प्रभावित स्थल जाजरकोट र रुकुम पश्चिम पुग्ने कार्यक्रम छ । एनआरएनएको टोलीले आइतबार भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाएको थियो ।१० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहितका सामग्री प्रभावित स्थानमा पठाएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।

यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्धार कोषमा सहयोग घोषणा गरेका थिए ।जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित विभिन्न अभियन्ताहरुले सहयोग घोषणा गरेका थिए ।

एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोलीको सहभागितामा राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए ।सरकारले एकद्वार प्रणालीमार्फत राहतवितरण गर्न भनेकाले सरकारी निकायहरुसँग समन्वय गरेर आफूहरुले काम गर्ने उनले बताए ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १ सय ५० भन्दा बढीको मृत्यु भएको छ भने कैयन भौतिक संरचनाहरुमा क्षति भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal