आज :

कोशीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन् । गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।शून्य समयमा बोल्दै सांसद मैया श्रेठले साउनदेखि सभामुखबिहीन रहेको भन्दै सभामुख चयन प्रक्रिया चाँडै अघि बढाउन आग्रह गरिन् ।

प्रदेशसभा नेतत्वबिहीन अवस्थामा लामो समय राख्नु नहुने भन्दै यसका लागि सम्बन्धित सबैले गम्भीर हुनुपर्नेमा जोड दिइन् ।यसैगरी, राप्रपा सांसद गोपाल विकले सभामुखको व्यवस्था गर्न ढिलाइ गर्नु नहुने बताए ।

नेपाली काँगे्रसकी सांसद शोभा चेम्जोङले प्रदेशसभा सभामुखविहीन भएकाले यथाशीघ्र सभामुखको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रक्रियामा सहभागी हुनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।माओवादीबाट सांसद बनेका गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संसद सञ्चालनका बेला उपसभामुखले अध्यक्षता गर्ने गरेकी छन् ।

यसैबीच, प्रदेशसभा बैठकले कर्णाली प्रदेशमा भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको काममा तदारुकता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal