आज :

सबै कार्यक्रम रोकेर माओवादी केन्द्र अभियानात्मक रुपमा भूकम्प पीडितको राहत र पुनर्स्थापनामा जुट्यो 

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्ना नियमित र पूर्वघोषित कार्यक्रम रोकेर भूकम्प पीडितको उद्दार-राहत र पुनर्स्थापनामा जुटेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर पीडितको उद्दारमा १८ घण्टा बिताएका थिए ।

पार्टीका उपमहासिचव प्रभाकर र शक्तिबहादुर बस्नेत पनि पीडितको उद्दार तथा राहतमै खटिएका छन् । ऊर्जामन्त्री समेत रहेका बस्नेत प्रधानमन्त्रीसँगै गएर उद्दारमा खटिएका थिए । बस्नेत जाजरकोटबाट निर्वाचित सांसद हुन् ।

माओवादी केन्द्रले जारी अभियानलाई रोकेर भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गरेको छ । माओवादी नेता कार्यकर्ताहरु भूकम्पले भत्काएका घरहरु पुननिर्माणमा जुटेका छन् ।

महासचिव देव गुरुङका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षलगायतका कार्यक्रम स्थगित गरिएको छ ।

‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ’ महासचिव गुरुङले भने ।

यसैगरी माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्दार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रको निर्देशनपछि कर्णाली प्रदेश पार्टी अभियानात्मक रुपमा पीडितको उद्दार-राहत तथा पुनर्स्थापनामा जुटेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal