आज :

भूकम्प पीडितको राहतको नाममा भ्रष्टाचार हुनसक्छ, सर्तक बनौंः नेपाली कांग्रेस

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसले, भूकम्प पीडितको राहत वितरणलाई पारदर्शी बनाउन आग्रह गरेको छ । आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले, राहत वितरणमा अनियमितता, पक्षपात रोक्न समिति बनाउने निर्णयसमेत गरेको छ ।

बैठकपछि नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्माले राहत वितरणमा अन्याय नहोस भन्ने कुरालाई गम्भीरताका साथ लिदैँ महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निमार्ण गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘राहत वितरणमा अनियमितता नहोस्, पक्षपात नहोस, अन्याय नहोस भन्ने कुरालाई गम्भीरताका साथ लिएर पार्टीका केन्द्रीय कार्य समितिका महामन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापनका कार्यसँगै अन्य कार्य गर्नका लागि अनुगमन तथा सहजीकरण समिति निमार्ण गर्ने र त्यसले स्थलगत अनुगमनदेखि सबैको अनुगमन गर्ने निर्णय भएको छ ।’

त्यस्तै बैठकले भूकम्पबाट प्रभावितहरुलाई तत्कालै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँने निर्णय पनि गरेको उनले जानकारी दिए । त्यस्तै पार्टीको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ दिने र थप रकमको लागि पार्टी संगठनभित्रका सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेको छ ।

बैठकपछि, विश्वकर्माले भने ‘यसको साथै तत्कालै राहत सामग्री उपलब्ध गराउँनका लागि, उनीहरुको स्वास्थ्य उपचारमा प्रभावकारिता ल्याउँनको लागि पार्टीको तर्फबाट पार्टी सदस्यहरुले जम्मा गरेको रकमबाट कोषबाट ५० लाख रुपैयाँ दिने निर्णय गरेका छौ । अझै थप रकम ल्याउँनको लागि पार्टीले पार्टी संगठनभित्रका सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal