आज :

नेपाललाई संकट आउँदा पुटिन र सीको साथ, चीनले १० करोड सहयोग केही दिनमै पुग्दै

  • अनलाइन डबली

काठमाडौं । छिमेकी जनवादी गणतन्त्र चीन र रुसी संघले नेपाललाई संकटमा साथ दिने बताएका छन् । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिन र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गएराति गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने बताएका छन् ।

पुटिनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेर नै भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पुटिनले प्राकृतिक विपत्तिको यस दुःखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

त्यसैगरी राष्ट्रपति सीको निर्देशनमा चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङका अनुसार साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको हो ।

राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन् ।

यसअघि २०७२ सालमा गएको भूकम्पमा पनि नेपाललाई दुबै देशले सहयोग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal