आज :

१२ बुँदेका पक्षधरहरु एक ठाउँमा उभिने सहमति भइसकेको छ : प्रवक्ता सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै पूर्णता पाउने दाबी गरेको छ ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया पूरा गर्ने विषयमा राजीतिक दलहरुबीच न्यूनतम सहमति बनेको दाबी गरे ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रणका क्रममा समेत यो विषय उठेको भन्दै उनले अब त्यसबारे दलहरुबीच न्यूनतम साझा धारणा बन्ने क्रममा रहेको जिकिर गरे।

हिजो पनि प्रधानमन्त्री अन्य दलका शीर्ष नेताबीच भेटवार्ता भएको जानकारी दिदै उनले शीर्ष नेताबीच भएको सहमतिकै आधारमै आज संसदको वर्षे अधिवेशन अन्त्य गर्न लागिएको र अर्को अधिवेशनमा संक्रमणकालिन न्याय निरुपण सम्बन्धि विधेयक पेश गर्ने सहमति भएको जानकारी दिए ।

“हिजो विहानमात्रै पनि प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता र संसदको सबैभन्दा ठुलो दलका नेताबीच छलफल भएको छ । भेटमा के सहमति भएको छ त भन्दा खेरी १२ बुदेँका पक्षधरहरु, अग्रगमनका पक्षधरहरु, परिर्वतनका पक्षधरहरु बीचमा समिक्षासहितको बैठक बस्नु पर्छ त्यो बैठकले हाम्रा कमि कमजोरी कहाँ भए त्यसको समिक्षा गर्ने” प्रवक्ता सापकोटाले भने ।

अर्को प्रसंगमा सापकोटाले अहिले सबैदलको प्रयासमा प्राप्त भएका लोकतन्त्र, संघीयता र संविधानलगायत उपलब्धी मास्ने प्रयास भईरहेको भन्दै त्यसलाई जोगाउन यसका पक्षधरहरु एक ठाउँमा उभिने बताए ।

“इतिहासको चक्का कहिले पछाडि फर्किन सक्दैन् । यो अगाडि बढ्यो बढ्यो, मुलक अराजकतातिर जाने खतरा चै छ तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो” सापकोटाले भने । उनले पार्टी सडकमा उत्रिने भन्ने कुरा पार्टीको रुपमान्तरण प्रक्रिया भएको जिकिर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal