आज :

पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन आवश्यकः राष्ट्रपति पौडेल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिए ।

उनले भने, ‘हाम्रो पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिन चाहन्छु ।’

उनले नेपालको पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन नसक्ने बताए ।

उनले भने, ‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन सक्दैनौं । नेपाल सरकारले हिमालको आरोहणमा दिएको जिम्मेवारी यस संघले सफलतापूर्वक पूरा गरेको छ ।’

राष्ट्रपति पौडेलले औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएको नेपालमा अनगिन्ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न नेपाल सरकारलाई सुझाव दिए ।

उनले भने, ‘नेपालमा अनगिन्ती हिमालहरु छन् । जुन औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएका छैनन् । त्यो गर्न आवश्यक छ । यस कार्यका लागि नेपाल पर्वतारोहण राम्रो साझेदारी हुन सक्छ । त्यसैले नेपाल सरकारलाई ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न पनि सुझाव दिन्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal