आज :

नेपाल सानो देश भएपनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छः महासचिव गुटरेस

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्दै, गुटेरेसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ ।

तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे ।

शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ ।  उनले भने ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निर्णयहरू, र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ ।’

त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहो¥याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे ।

क्षेत्रफलका हिसावले सानो भएपनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै गुटेरेसले भने, ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो। नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal