आज :

घटना घटाउनु पर्ला ! भन्दै पत्रकारलाई धम्क्याए रास्वपा नेता रबिन्द्र ओझाले

  • अनलाइन डबली

काठमाडौं । रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका प्रदेश सदस्य रबिन्द्र ओझाले सूचना चौतारी कर्मि पत्रकार दिपेश श्रेष्ठमाथि भौतिक कार्वाहि गर्ने धम्कि दिएका छन् ।

ओझाले रास्वपाकै नेता द्वय डा.राजकुमार राई र गणेश बस्नेतसँग उक्त अभिव्यक्ति दिएको ती नेताहरुले जनाएका छन् ।

लामो समय एमालेको विभिन्न बिभागमा रही काम गरेका ओझा विगतका दुबै निर्वाचनमा खोटाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद विशाल भट्टराईको भित्रिया भएरसमेत काम गरेका थिए । गत साल बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा खोटेहाङ गाउँपालिकाबाट अध्यक्षको टिकट नपाएछि एमालेसँग दुरी बढाएका थिए भने सो पश्चात मंसिरमा सम्पन्न निर्वाचनमा विशाल भट्टराईसमेत पराजित भयपछि झण्डै छ महिना अघि मात्र रबिन्द्रले एमाले छोडेका थिए ।
एमाले छोडे लगत्तै ओझाले पार्टी परिवर्तन गरेर रास्वपाको सदस्यता लिएका थिए ।

तत्कालिन अवस्थामा विशाल भट्टराईको शक्तिको दुरुपयोग गरेर आफ्नो जिल्लाको विभिन्न सरकारी कार्यालयहरुमा कम्प्युटर, हाजिर मेसिन जस्ता उपकरणहरु बिक्रिमासमेत उनको चलखेल गरेको भन्ने बुझिएको छ ।

ओझा रास्वपामा प्रवेश गर्दैगर्दा रास्वपा खोटाङमा आबद्द भएको तिनै राजकुमार राई र गणेश बस्नेतहरुले ओझाको बिगतका बिषय बारे जिज्ञासा राखेको पत्रकार श्रष्ठले अनलाईन डबलीसँग बताए । बिगतमा एमालेमा रहेर लामो समय काम गरेर बसेका भएपनि एमाले नेता भट्टराई हार्दै गर्दा पार्टी फेर्नुले उनको केहि स्वार्थ हुन सक्ने आशंका आफूले पनि गरे पत्रकार श्रेष्ठले बताए ।

पत्रकार श्रेष्ठको सोहि अभिब्यक्तिको बिषयलाई लिएर ओझाले उनै दुई नेताको सामु तपाईंहरुले अनुमति दिए एउटा घटना घटाउछु भनेको र हातखुट्टा भाचिदिने सम्म भनेको नेता द्वोय राई र बस्नेतले आफलाई जानकारी दिएको पीडित पत्रकार श्रेष्ठले बताए ।

उक्त बिषय लिएर पत्रकार श्रेष्ठले प्रदेश महामन्त्री लाल विक्रम थापासँग सम्पर्क गर्दा दुबैपक्षबीच मिलापको वातावरण बनाउने आस्वासन दिएपनि वेवास्ता गरेको पत्रकार श्रेष्ठको गुननासो छ । रास्वपाले निज ओझाई पार्टीगत कार्वही गर्नुको सट्टा त्यस विषयमा चुपचाप रहेकोले ओझालाई कार्वाहीका साथै आफ्नो शान्ति सुरक्षाको लागि पत्रकार श्रेष्ठ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको  बताएका छन् ।

संविधानले दिएको बोल्न पाउने अधिकार , पत्रकार आचारसहिंताले दिएको मापदण्ड अनुसार आफ्नो बिचार र देखिएकै बिषय बोल्दा एउटा पत्रकार त सुरक्षित रहन सक्दै भने त्यस्ता नेताबाट राजनितिको फोहोर सफा गर्ने आशा राख्नु ब्यर्थ रहेको श्रेष्ठको भनाई रहेको छ । निज रविन्द्र ओझा रियल टाइम टेक्नोलोजि प्रा.लि.का पनि सञ्चलक हुन् ।
यस बिषयमा निज ओझालाई सम्पर्क गर्न खोज्दा फोन काटाके थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal