आज :

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरबाट फर्किए, ४ बजे संघीय संसदलाई सम्बोधन गर्ने

  • अनलाइन डबली

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटरेसलले राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ भने उनको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने सचिवालयले जनाएको छ ।

यसैबीच आफ्नो भ्रमणको क्रममा सोमबार पोखरा पुगेका गुटरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिवर पुगेका छन् । पदयात्राका लागि विश्वमा नै चासो र चर्चा हुने र निकै राम्रो गन्तव्य बनेको अन्नपूर्ण आधार शिविरमा उनी नेपाली सेनाको हेलिकप्टरमार्फत गएका हुन् ।

अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी काठमाडौं फर्कने र अपराह्न ४ बजे संघीय संसदका दुवै बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal