
हुम्ला । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा कर्मचारीको मनपरीको कारण ३ महिनादेखि नागरिकता सेवा अबरुद्ध भएको नागरिकले गुनासो गरेका छान् ।
आईतबार नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँकमिटी अध्यक्ष छबि थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेखेर जनताले नागरिकता नपाउने समस्या तत्काल हल गर्न अपिल गरेका छन् ।
अध्यक्ष थापाले स्टाटसमा सर्केगड लगायत तल्लो भेगका ४ वटा गाउँपालिकमा जनताले नागरिकता नपाएको उल्लेख गर्दै भनेका छन्,“सर्केगाडमा भाद्र महिनादेखि ईलाका प्रशासन कार्यलय सर्केगाडमा नागरिकले नागरिकता बनाउन नपाएर धेरै ठुलो दुख पाएका छ्न । नागरिकको समस्या बुझेर सम्बन्धित निकायको ध्यान जाहोस् ।”
तीन महिनादेखि नागरिकले नागरिकता नपाएर सास्ति पाइरहेको सम्बन्धमा नागरिकता दिने अख्तियारी पाएका कामु कार्यालय प्रमुख भिम रोकायालाई जिज्ञासा राख्दा आफूसँग अख्तियारी नरहेको जानकारी दिए । रोकायाले साउन १६ गतेसम्म नागरिकता वितरण गरेको र त्यसपछि अख्तियारी नरहेको जानकारी पाएपछि नदिको बताए । उनका अनुसार भदौ २ गतेदेखि ६ गतेसम्म सहायक प्रमुख जिल्ला अधिकारी अमृत बहादुर सुबेदीले नागरिकता दिएको बताए ।
त्यसपछि किन रोकीएको भनेर कामु कार्यालय प्रमुख रोकायासँगलाई प्रश्न गर्दा उनले भने “२०७२ सालदेखि ०८० साउन १६ गतेसम्म मैले नागरिकता दिएँ तर पछि मालाई अख्तियार नभएपछि मैले दिने कुरै भएन नि ।”