आज :

केसीको प्रश्नः सरकारले हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले, एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका सांसद केसीले, नेता तथा व्यापारिका घरमा अरबौँ रकम अबैध सम्पति रहेको दाबी गरे ।

“अहिले राष्ट्रका सम्पतिहरु, अरबौं अरब रुपैयाँ कालोबजारीदेखि राजनीतिक नेतृत्वसँग पनि डम्प भएर बस्या छ, त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले ? त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा होइन भने यही काला बजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई खेल मठेल गर्दागर्दै विकृती पैदा हुने थिति चै अन्त्य हुदैँन । त्यसको परिणाम चै हामीले ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ” केसीले भने ।

उनले आम नागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए ।

अर्को प्रशंगमा उनले अहिलेको राजनीतिप्रति आम नागरिकको चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन् काम गर्नु पर्ने बताए ।

केसीले संसद हो र होइन् भन्ने थलो मात्रै बनेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal