आज :

कर्नाटक बंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास

  • अनलाइन डबली

काठमाडौँ । बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । तलेजु भवानीलाई कर्नाट (नायर ) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएको इतिहासमा उल्लेख गरेको पाइन्छ । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ ( बारा ) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्त्देवाता तलेजु भवानी सहितभक्तपुरको राजा रुद्र मल्लको शरणमा आएका थिए । कलश स्वरूपमा रहेको देवी तलेजु भवानीलाइ दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बिचमा सर्वाधिक सम्मानका साथ्  १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिष्ठापित गराए ।  राजा रुद्रमल्लकि बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन् ।
स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।

काठमाडौँको हनुमानढोका दरवार परिसरमा तलेजु भवानीको स्थापना –

यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य( काठमाडौँ ,ललितपुर ) मा  १ सय २ फिट अग्लो गरि  हनुमानढोकास्थित उत्तरमा  ३ तल्ले पेगोडा शैलीमा तलेजु भवानीको मन्दिर  स्थापना गर्न लागाए ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ ।

श्री यन्त्रको आधारमा निर्माण गरिएको यस मन्दिरको चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो ।

 

तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् –

लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ । त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित हनुमान ढोका दरवार नजिकै कुमारीघर स्थापना गराएको मानिन्छ ।

 

राजा हरिसिंह देवका सन्तति, नायर बंशको इतिहास – 

कर्नाटक ( नायर ) बंसी राजा हरिसिंह देवका सन्ततिका रुपमा नेवार समुदयेका नाय् ,शाही ,खड्गी ,सिंह काठमाडौँ उपत्यकामा सापू  ( गोपाल ) बंश पछि दोश्रो मेपू ( महिषपाल ) वंशले शासन गरेका थिए । राजपुत क्षेत्रीय यो बंश देश भरि ३ लाख भन्दा बढी संख्यामा रहेको पाइन्छ ।

 

नेपाल मण्डल सम्पदा बात ——

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal