आज :

किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त

  • अनलाइन डबली

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए भने प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal