आज :

चुनावमा धाँधली गरेको प्रमाण भेटियो, एनआरएनए बद्री समूहको औचित्य समाप्त

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको बलियो प्रमाण भेटिएको छ । अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा बद्री केसी विजयी भएको घोषणा गरिएको भन्ने प्रतिस्पर्धी दाबीलाई बल प्रदान गरेको छ ।

घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली भएको नै भएको पौडेलले दाबी गरेका छन् ।

त्यसैगरी अध्यक्षका प्रत्यासी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले संघको शून्यमा पुगेको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए ।

त्यस्तै, अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
पराजित मात्रै होइनन् उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको बताए । निष्पक्ष देखाउन आफूलाई निश्पक्ष देखाउन जिताइएको बताउँदै स्वीकार नगर्ने बताउँदै निष्पक्ष छानविनको माग समेत गरे ।

योसँगै एनआरएनए बद्री समूहको औचित्य समाप्त भएको दाबी गरिएको छ । अब यो दुई समूहमा विभाजन हुन सक्ने बताइएको छ । पराजित बनाइएका आरके र महेश पक्षबीच अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल सुरु भएको छ ।

धाँधलीको निष्पक्ष छानविन नगरिए अर्को कार्यसमिति गठन गर्ने सम्मको छलफल भएको छ ।

केसीले सिस्टम ह्याक गरेरै भएपनि आफूलाई विजयी घोषणा गर्ने विनोद कुँवर पक्षले लगाएको आरोप पुष्टि भएको छ । सो पक्षका दिपेश खत्रिले अनलाइन भोटिङ सिस्टम केसीकै पहुँचमा रहेको उनले आफ्नो अनुकुलताको परिणाम सार्वजनिक गर्ने दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal