
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीको विपक्षमा ५ मात्रै सांसद उभिएका छन् । बुधबार विश्वासको राप्रपाबाहेका सबै दलले विश्वासको मत दिएका छन् ।
कार्कीलाई नेकपा एमालेका ३९, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसदले विश्वासको मत दिएका हुन् ।
कार्कीको पक्षमा ८६ मत खसेको छ भने विपक्षमा राप्रपाको ५ मत हालेका छन् । राप्रपाका सांसद प्रेमराज थामसुहाङ अनुपस्थित भए ।
राप्रपा प्रमुख प्रतिपक्ष बनेको छ । गठबन्धनलाई सहयोग गर्न तयारी अवस्थामा रहेको राप्रपा सबै दलले कार्कीलाई विश्वासको मत दिएपछि विपक्षमा उभिन बाध्य भएकाे हाे ।
विश्वसको मत लिएपछि कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । एमालेले सुरुदेखि प्रभावशाली मानिएका पाँच मन्त्रालयमा दाबी गरिरहेको छ । एमाले जसरी पनि माओवादीलाई सरकारभन्दा बाहिर राख्न चाहन्छ । त्यसैले उसले धेरै मन्त्रालयमा दाबी गरेको हो ।
काँग्रेस नेताहरुका अनुसार एमालेले धेरै मन्त्रालय दिनपर्ने दवाव दिएर मुख्यमन्त्री कार्कीलाई हैरानी पारेको छ ।