आज :

युएसजी मेसिन खरिदमा नीतिगत भ्रष्टाचार भएको भन्दै उजुरी, ७ करोडमा पाइने मेसिन ३० किन्न लागेको आरोप

  • अनलाइन डबली

काठमाडौँ । स्वास्थ्य सेवा विभागले नीतिगत रुपमै भ्रष्टाचार गर्ने नियत बनाएर युएसजी मेसिन खरिद गर्न लागिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।

विभागले असोज ३ गते जारी गरेको बोलपत्र स्वास्थ प्रतिस्पर्धा भएमा ७ करोडमा दुई सय थान युएसजी मेसिन खरिद गर्न सकिने तर बोलपत्रमा ३० करोड राखिएको भन्दै केही व्यवसायीहरुले विरोध जनाएका छन् । स्वास्थ्य व्यवसायी संघले निश्चित कम्पनीले पाउने गरी बोलपत्रको स्पेसिफिकेसन तयार गरिएको भन्दै विरोध जनाएको छ ।

संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य प्रतिस्पर्धाको वातावरण बनाइए ७ करोडमै आफूलाई उक्त दुई थान मेसिन ल्याउन सक्ने दाबी गर्दै मापदण्ड सच्याउन हेलो सरकार र सार्वजनिक खदिर अनुगमन कार्यालयमा निवेदन दिएको बताए । उनले बोलपत्रमा न्यूनतम दश करोडको एउटै खरिद सम्झौता गरेको र दुई वर्षमा न्यूनतम २० करोड हुनुपर्ने बनाएर निश्चित फर्मलाई पार्ने गरी तयार गरिएको आरोप लगाए ।

प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारमा एचएस ३४६५६–५३७०३, सार्वजनिक खरिद अनुगमन कार्यालयमा १३२४ र मुख्य सचिवको कार्यालयमा ४१२ र प्रधानमन्त्रीको निजी सचिवालयमा २५८९ दर्ता नं. रहेको निवेदन दर्ता गराइएको छ ।

उक्त निवेदनमाथि अध्ययन भइरहेको बताइएको छ । तर, व्यवसायीहरुले सरकारले गम्भीर रुपमा नलिएको बताएका छन् । “दाताले दिने बजेटबाट सार्वजनिक स्वास्थ्य संस्थाको लागि खरिद गरिने विषयमा नीतिगरु रुपमै भ्रष्टाचार गरिएको भएको छ । सरकारले गम्भीर रुपमा लिएर आवश्यक प्रक्रिया चाँडो अगाडि बढाउनुपर्छ” बस्नेतले भने ।

यस विषयमा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले बोलपत्रको स्पेसिफिकेसन तयार गर्ने प्राविधिक टीम नै हुने भएकोले यसमा आफूलाई थाहा नहुने बताए । उनले पहिले नै कुनै कम्पनीलाई मात्रै पार्ने गरी मापदण्ड बनाइएको विषयमा भने अस्वीकार गरे ।

उक्त समान बजार मूल्य अनुसार नै बोलपत्र आह्वान गरिएको दाबी गर्दै शर्माले त्यसमा केही भए आफूभन्दा माथि सरकारी निकाय भएकोले आवश्यक निर्देशन आउने समेत बताए । उनले उक्त बोलपत्रमा उल्लेख मेसिन ७ करोडमा ल्याउन चुनौती समेत दिए । उनले प्रतिस्पर्धा गर्ने गरी नै बोलपत्र गरिएको बताए । उनले व्यवसायीका गुनासो सुन्ने निकाय अरुपनि भएको र त्यहाँबाट निर्देशन आए बोलपत्र सच्चिन सक्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal